डेनमार्कमा रहेका नेपालीद्वारा देवचुली १० मिलनटोलका भुसाललाई आर्थिक सहयोग


डेनमार्कमा रहेका नेपालीहरुको पहलमा देवचुली १० का प्यारालाइसिस बिरामी परमानन्द भुसाललाई आर्थिक सहयोग गरेका छन् । देवचुली १० मिलनटोल निवासी हाल कोपनहेगन डेनमार्क बस्ने प्रेमप्रसाद रेग्मीको विशेष पहलमा कोपनहेगनमा रहेका नेपालीहरुबाट संकलित १ लाख ३६ हजार ९ सय बीस रुपैयाँ बिरामीका परिवारलाई शुक्रवार हस्तान्तरण गरिएको हो । देवचुली १० निवासी भुसाल विगत ३ वर्षदेखि रक्तचाप सहित प्यारालाइसिसका बिरामी भई नियमित उपचार गराईरनु भएको छ । हिडडुल समेत गर्न नसक्ने विरामि भुसालको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ । समुदायका विभिन्न व्यक्तिहरुको उपस्थितिमा आज भुसालको घरमा देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर र प्रेमप्रसाद रेग्मीका बुवा मुक्तिप्रसाद रेग्मीको हातबाट सो रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।आफ्नै छिमेकमा रहनु भएका विरामिको उपचारका लागि सानो भए पनि सहयोग रकम आफ्नो छोराको पहलमा हस्तान्तरण गरिएको र सवैलाई सहयोग गर्नका लागि समाजसेवी मुक्तिप्रसाद रेग्मीले अनुरोध गर्नु भयो ।

डेनमार्क वस्नु हुने प्रेम प्रसाद रेग्मीको पहलमा आफुलाई सहयोग रकम प्रप्त भएकोमा खुशि व्यक्त गर्दै परमानन्द भुसालको परिवारले सहयोगि सम्पुर्णमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । देवचुली १० निवासी भुसालको उपचारका लागि कोपनहेगनबाट सहयोग संकलनका लागि विशेष पहल गर्नुहुने प्रेमप्रसाद रेग्मीलगायत सम्पुर्ण सहयोगीहरुलाई देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।अध्यक्ष घर्ती मगरले वडा कार्यालयबाट भुसाल परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रेप्ती कुमार घर्ती सहित वडा सदस्य लेखनाथ भुसाल जैसी,राजेन्द्र प्रसाद रेग्मी, मुक्तिप्रसाद रेग्मी,धर्मदत्त भुसाल,शशिधर रेग्मी,रुकमागत भुसाल , यम प्रसाद भुसाल , यम प्रसाद सापकोटा,इश्वरी प्रसा रेग्मी,कृष्ण प्रसाद सापकोटा, सहित स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया