कारितास नेपाल र साफविनको कृषि परियोजनाले किसानहरु लाभाम्वित


पूर्वी नवलपरासीको कावासोती नगरपालिका १२ को राजमन्दिरका किसानहरु चैते धान लगाउनमा आकर्षित भएका छन । सिचांइको समस्याका कारण चैते धान लगाउन छोड्दै आएका थिए । कारितास नेपाल र साफविनले किसानहरुको समस्यालाई मध्यनजर गर्दै पक्कि कुलो निर्माण गरेपछि अहिले भने किसानहरु हिउदे खेतीमा आकर्षित भएका छन ।

कावासोती नगरपालिका १२ को फुलकुमारी थनेत आजभोली निकै खुसी हुनुन्छ । श्रीमान विदेशमा रहदा घरमा खेतीपाती गरी घरव्यवहार चलाउदै आउनुभएको उहालाई धान लगाउन सिचाईको निकै समस्या थियो । पानी चुहावटका कारण समयमा खेतीमा पानी लगाउन समस्या भएपछि धान खेती गर्न छोड्ने मनसाय बनाउनुभएको फुलकुमारी अहिले भने गत वर्ष भन्दा यस वर्ष ३ कठ्ठामा बढाउनुभएको छ ।

कावासोती १२ कै पतिराम थनेतले पक्की कुलो भएपछि समयको वचत र लागतमा कमी आएको बताउनुहुन्छ । वर्षाको समयमा सिचाइको लागि समस्या नभएपनि चैते धान लगाउन पानीको चुहावट हुने कारण निकै हैरानी व्यहोर्नुपरेको उहाको अनुभव छ । पहिले एक घण्टा लाग्ने समयमा ३ घण्टा लाग्ने स्मरण गर्दै पतिरामले भन्नुभयो अहिले पक्की कुलो निर्माण गरेपछि १५ गठ्ठा लाई पानी पुर्याउन सजिलो भएको छ

फुलकुमारी र पतिराम जस्तै ४२ वर्षिय देउकुमारी थनेतले सिचाइ गर्न समस्याका करण बाझो राख्ने जमिनमा अहिले धान लगाउनुभएको छ । कुलो सफा गर्न जाने देखि लिएर पानी लगाउन पालो कुर्ने समस्याहरु समाधान हुदा अब उत्पादनमा वृद्धि गर्न सकिन्छ कि भन्ने आशा पलाएको देउकुमारीले बताउनुभयो ।

खेती लगाउने समयमा कुलो सफा गर्ने, सिचाइ गर्न पालो कुर्न जानुपर्ने, कुलोमा आएको पनि पनि चुहावट भएर खेतमा पुर्याउन कठिन हुने, आवश्यक समयमा सिचाइ गर्न नसकिने, समय र लागत बढि लाग्ने हुदा यहाका किसानहरु कृषि पेशा देखि निराश भएका थिए । कारितास नेपाल र साफविनले जखडी सिचाइ कुलो मर्मत आयोजना मार्फत पक्कि कुलो निर्माण गरेपछि यहाका किसानहरुमा फेरि हिउले खेतीमा आशा जगाएको छ । ९ लाख २४ हजारमा निर्माण गरिएको सिर्चाइ कुलो मार्फत यहाको ७५ घरधुरी लाभाम्वित भएका छन भने ३३ हेक्टर जमिनमा सिचाइ गर्न सहज भएको छ । कारितास नेपाल र साफविनले विगत ४ वर्ष देखि किसानहरुको आयआर्जनमा वृद्धि, पोषणमा सुधार,सिजन अनुसारको तरकारीका विउ वितरण र गोठ सुधार लगाएतका विविध कार्यमा सहयोग आएको छ । जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिका, देवचुली, मध्यविन्दु र कावासोती नगरपालिकामा संचालित परियोजना मार्फत ४ सय ५० किसान सहभागी रहेका छन ।

प्रतिक्रिया