बन्दिपुर गाउँपालिकाको अध्यक्षमा काङग्रेस युवा नेता अधिकारीको उमेदवारी घोषणा
आगामि बैशाख ३० गते हुने स्थानिय तह को निर्वाचनका लागि विभिन्न पालिकाहरुमा उमेदवारी घोषणा हुने क्रम वढेको छ । विभिन्न दलका नेता कार्यकर्ताहरुले आफ्नो उमेदवारी घोषणा गर्न थालेका छन् । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकामा अध्यक्षका लागि नेपाली कांग्रेसका युवा नेता प्रशुराम अधिकारीले आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ । नेपालि काग्रेस निकटको बिधार्थी संगठन नेपाल बिधार्थि संघका क्षेत्रिय पुर्व सभापती एवम् तरुण दलका माहधिवेशन प्रतिनिधि समेत रहुन भएका अधिकारीले स्थानिय तहको आगामि निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा उठने घोषणा गर्नु भएको हो । नेपाली काग्रेसको संगठन विस्तार देखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आउनु भएका अधिकारी छापनाला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष र हाम्रो बचत तथा ऋण सहकारी सस्था अध्यक्ष भइ कार्य गर्नु भएको छ । बन्दिपुर गाउँपालिकालाई समृद्धि र सुखि बनाउन आफु पाँच वर्षिय कार्ययोजना सहित उमेदवार वन्न लागेको उहाले वताउनु भयो ।