पाँच बर्षमा नगर भित्रको शिक्षामा धेरै परिवर्तन भएको छ : मध्यविन्दु नगर प्रमुख राना
मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर रानाले वितेको पाँच बर्षमा नगर भित्रको शिक्षामा धेरै परिवर्तन भएको वताउनु भएको छ । शान्ति नमुना आधारभुत विधालय मध्यविन्दु १ सेतापानीको १६ औँ बार्षिककोत्सवस तथा अभिभावक दिवस समारोहलाई सम्बोदन गर्दै नगर प्रमुख रानाले नगरपालिका भित्र नमुना विधालयको अवधारणका साथै गुणस्तरीय शिक्षाका लागि अभियान सञ्चालन गरिएकाले शिक्षामा परिवर्तन भएको वताउनु भएको हो । नगर विकाशको पहिलो आधार गुणस्तरीय शिक्षा रहेको हुदा मध्यविन्दु नगरपालिकाले वितेको पाँच बर्षमा शिक्षालाई प्राथमिकतामा राखि प्रत्येक बर्ष नमुना विधालय घोषणा मार्फत अनुदान कार्यक्रम , विधालयलाई स्कुल बस खरिद अनुदान, शिक्षकलाई ल्यापटप खरिदमा अनुदान लगाएतका रचनात्मक कार्यहरु गरिएको प्रमुख रानाले वताउनु भयो । मध्यविन्दु नगरपालिका भित्र रहका सामुदायिक विधालयको गुणस्तर बृद्धिका लागि नगरपालिकाले विभिन्न रचनात्मक कार्यहरु गरे अनुसार अहिले नमुना विधालय वन्ने क्रम वढेकाले गुणस्तरमा बृद्धि भएको पुष्टि हुने प्रमुख रानाको भनाइ थियो । कार्यक्रममा वोल्दै मध्यविन्दु नगरपालिका शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले शिक्षा क्षेत्रमा नगर,प्रदेश र संघ सरकारले विभिन्न योजनाहरु ल्याउने हुदा तेहि अनुसारको नतीजा हासिल हुनु आवश्यक रहेको वताउनु भयो । मध्यविन्दु नगरपालिकाको सुकुम्वासि वस्तीका रुप्मा चिनिने सेतापानी क्षेत्रमा रहेको शान्ति नमुना आधारभुत विधालय यसै बर्ष मध्यविन्दु नगरपालिकाको नमुना विधालय घोषणा भएको थियो । सो विधालयमा अनाथ वालवालिकालाई आवास सहितको निशुल्क शिक्षा समेत दिने गरिएको छ । कार्यक्रममा एकिकृत समाजवादी पार्टि नवलपुरका अध्यक्ष शालिक राम भट्टराई , राप्रपा नेपाल नवलपुरका अध्यक्ष बिष्णु अधिकारी सहित विभन्न राजनैतिक दल एवम् संघ सस्थाका प्रतिनिधिहरुले वोल्नु भएको थियो । सो अवसरमा विधालयका विधार्थिहरुले विभिन्न सास्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विधालयका प्रधानाध्यापक दधिराम सापकोटाले विधालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धिमान खड्काको अध्यक्षता एवम् मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।