चितुवाको मुखभित्र मृत शरीर झुण्डिरहँदा पनि छाडेन बच्चाले आमा


काठमाडौं – दक्षिण अफ्रिकी मुलुक जाम्बियाको साउथ लुआनग्वा राष्ट्रिय निकुञ्जमा देखिएको एउटा दृष्य यतिबेला सामाजिक सञ्जालभर भाइरल बनेको छ । घटनाका ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत शरीर च्यापेको देख्न सकिन्छ जसमा यसकी आमाको टाउको चितुवाको मुखभित्र छ ।

आफैं ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चितुवाहरुले खाइदिन्छन् । यो दुःखद् क्षणलाई वाइल्डलाइफ फोटोग्राफर सफिक मुला चिपाता जाम्बियाकाले खिचेका थिए ।

सो दृष्य देखेपछि उनले भनेका छन्, ‘प्रकृति सधैं सुन्दर नहुन सक्छ । यो तस्बिरले पक्कै पनि जीवनको क्रुर वास्तविकता देखाउँछ । दीर्घकालीन वातावरण कायम राख्न, एउटा प्रजाति मरेर अर्कोलाई बचाउनु पर्छ ।’ डेलीमेल

प्रतिक्रिया