अफगानिस्तानबाट नेपालीको उद्धारका लागि सरकार गम्भीर: प्रधानमन्त्री देउवा


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताए।

सामाजिक सञ्जाल ट्वीटमार्फत उनले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवाले सुरक्षा र उद्धारकाे प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया