२०८१ फागुन ३०, शुक्रबार

विनयी त्रिवेणीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

  • बिष्णु गौडेल
  • २०८१ फागुन १०, शनिबार
विनयी त्रिवेणीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

मध्यविन्दु (नवलपरासी), १० फागुन
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–३ हार्वलेचोकमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मकवानपुर जिल्लाको बागमती गाउँपालिका–६ फापरवासी बस्ने ३२ वर्षीय नरबहादुर वाइबा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
पाल्पाबाट चुनढुङ्गा लोड गरी विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी स्थित होङसी सिमेन्ट कम्पनी तर्फ आउँदै गरेको ना १ क ९१२९ न.को टिप्पर दुर्घटना हुँदा चालकको घटना स्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा परी नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्सा जिल्लाको वीरगन्ज उपमहानगरपालिका–२७ निवासी ३० वर्षीय ताज महमद हावारी घाइते भएको प्रहरी उपरीक्षक ढकालले जनकारी दिनु भयो ।

घाइतेहरूको लुम्बिनी हेल्थ केयर सेन्टर विनयी त्रिवेणी-४ सर्दीमा उपचार भई रहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस