१९ : ३४ : २६
२०८१ फागुन ३०, शुक्रबार

हुप्सेकोट गाउँपालिकामा नागरिक सनुवाई कार्यक्रम सम्पन्न 

  • बिष्णु गौडेल
  • २०८१ फागुन ५, सोमबार
हुप्सेकोट गाउँपालिकामा नागरिक सनुवाई कार्यक्रम सम्पन्न 
हुप्सेकोट, ५ फागुन ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
हुप्सेकोट गाउँपालिकाको सभा हलमा सम्पन्न भएको कार्यक्रममा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे,नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकाल, हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिङ राना, प्रमुख प्रशासकीय अधिकृत हरि पराजुली लगायतको उपस्थिति रहेको थियो ।
गुनासो व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले प्रदान गर्दै आएको सेवा र समाजमा प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनु भयो ।
कार्यक्रममा नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण, प्रहरीको सेवा र प्रभावकारीताका बारेमा प्रहरी उपरीक्षक यादव ढकालले प्रस्ट पार्नु भएको थियो ।  कार्यक्रममा सहभागीले सोधेका जिज्ञासा तथा प्रश्नहरूको प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी उपरीक्षक ढकालले जवाफ दिनुभएको थियो ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस