विष्णु गैडेल, २ फागुन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)का स्थानीय तहमध्य विनयी त्रिवेणी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्याङ्कनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लामा उत्कृष्ट बन्न सफल भएको हो ।
जिल्लाका आठवटा स्थानीय तहमध्ये विनयी त्रिवेणी गाउँपालिकाले ७३ दशमलव २ प्रतिशत अङ्क प्राप्तगरी पहिलो स्थानमा रहेको छ । देवचुली नगरपालिका ७१ दशमलव ४ प्रतिशत अङ्क प्राप्तगरी दोस्रो स्थानमा छ । यस्तै, गैँडाकोट नगरपालिकाले ७० दशमलव ९ अङ्क प्राप्तगरी तृतीय स्थान बनाउन सफल भएको छ ।
यसैगरी, मध्यविन्दु नगरपालिका ६८ दशमलव ६, बौदीकाली गाउँपालिकाले ६३ दशमलव ९, कावासोती नगरपालिकाले ६२ दशमलव ९, हुप्सेकोट गाउँपालिकाले ६० दशमलव ८ र बुलिङटार गाउँपालिका ४६ दशमलव ३ प्रतिशत अङ्क पाएका छन् ।
कार्यसम्पादन मूल्याङ्कनमा आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।