२०८१ फागुन ३०, शुक्रबार

कृषिमा जोडिन चाहनेलाई सरकारको सहयोग रहनेछ : मन्त्री श्रेष्ठ

  • बिष्णु गौडेल
  • २०८१ माघ ३०, बुधबार
कृषिमा जोडिन चाहनेलाई सरकारको सहयोग रहनेछ : मन्त्री श्रेष्ठ

नवलपुर, गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले उत्पादनको क्षेत्रमा जोडिनका लागी आह्वान गरेकी छन् । कृषि प्रधान देश भएकाले उत्पादनमा जोडिन सक्दा मात्रै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै उनले कृषि उपजको उत्पादनमा सरकारको सहयोग रहने बताइन् ।

नवलपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ८ औँ नवलपुर महोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘हामीलाई भूगोलले पनि साथ दिएको छ । मौसम अनुसारका उपज उत्पादनमा हामी जति सक्छौँ धेरै जोडिनुपर्दछ । उत्पादनमा जोडिन चाहनुहुने हर कोहीलाई सरकारले सहयोग गर्ने छ, हातेमालो गर्नेछ ।’

देशको अर्थतन्त्रमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् । पर्यटन कृषि उद्योग र व्यापारको उत्सव: समृद्ध नवलपुरका लागि आठौँ महोत्सव भन्ने मूल नाराका आयोजित महोत्सवमा कृषि क्षेत्रका स्टलहरू पनि राखिएकोमा मन्त्री श्रेष्ठले आयोजकलाई धन्यवाद दिइन् ।

महोत्सवले निश्चित क्षेत्र मात्रै नभएर जिल्ला र प्रदेशमै आर्थिक चलायमान गराउन मद्दत पुग्ने उनको भनाई थियो । कावासोती १६ स्थित अङ्कुर सामुदायिक वन परिसरमा माघ २५ देखि सुरु भएको महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस