माघ २९ । नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १ मिलनचोक निवासी ३० बर्षीय अर्जुन महतोको निधन भएको हो ।
आज विहान नवलपुरको गैंडाकोट नगरपालिका १ मिलनचोक स्थित भित्री सडक खण्डमा काभ्रेबाट मौलाकालिकातर्फ जादै गरेको बा ५ ख ६२५२ नम्वरको बसले पूर्व मिलन मार्गबाट पश्चिम मिलनचोकतर्फ बाटो क्रस गर्दै गरको ना ४३ प ५३० नम्वरको मोटरसाइकलले ठक्कर दिंदा मोटरसाइकल चालक जिल्ला पर्सा धोविनी गाउँपालिका वडा नं. ३ स्थायी घर भइ हाल जिल्ला नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. १ बस्ने बर्ष ३० को अर्जुन महत्तो घाइते भएका थिए ।
घाइते महतोको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।