२०८१ चैत्र १, शनिबार

नवलपुर महोत्सवको तयारी अन्तिम चरणमा

  • बिष्णु गौडेल
  • २०८१ माघ २४, बिहिबार
नवलपुर महोत्सवको तयारी अन्तिम चरणमा

नवलपुर।माघ २५ गतेदेखि फाल्गुन १० गतेसम्म चल्ने नवलपुर महोत्सवका तयारी अन्तिम चरणमा पुगेको छ ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालका अनुसार महोत्सवका तयारी अन्तिम चरणमा पुगेको हो । महोत्सवमा स्टल निर्माण, बाल उद्यन निर्माण, प्रचारप्रसार, उद्घाटनको तयारी लगायतका तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सवको उद्योग तथा पर्यटन मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने छन् । २ सय ५० वटा स्टल रहने महोत्सवमा अहिलेसम्म २ सय ३० भन्दा बढी स्टलहरु बुकिङ्ग भइसकेको पनि नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले बताए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस