२०८१ चैत्र १, शनिबार

लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसामा विद्यार्थीहरुले गुन्द्रुक बनाए

  • बिष्णु गौडेल
  • २०८१ पौष ९, मंगलबार
लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसामा विद्यार्थीहरुले गुन्द्रुक बनाए

प्रिय धन , चोरमारा 
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा विद्यार्थीहरुले गुन्द्रुक बनाउन सिकेका छन् l विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले मुला र मुलाको सागलाई ओखलमा थिचेर डब्बामा खाँदेर गुन्द्रुक ( सिन्की ) बनाउने प्रयास गरेको विद्यालयका अतिरिक्त कार्यक्रम संयोजक सुन्दर न्यौपानेले जानकारी दिनुभयो l
खुसी शुक्रबार कार्यक्रम अन्तर्गत गत पुस ५ गते शुक्रबार विद्यालयको करेसाबारीमा लगाइएको मुला उखेलेर मंगलबार गुन्द्रुक खांदिएको हो l विद्यार्थीहरुलाई वार्षिक शुक्रबारीय कार्यक्रम अन्तर्गत हरेक शुक्स्बार फरक फरक कार्यक्रम संचालन गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो l विद्यार्थीहरु खुसी र उत्साहित भएर गुन्द्रुक बनाउने , प्याज रोप्ने , टमाटर रोप्ने जस्ता कार्यमा सहभागी भएको पनि प्रधानाध्यापक भुसालले बताउनुभयो l विद्यालयमा तयार पारी र सुकाएपछि दिवा खाजामा प्रयोग गर्न सकिने पनि उहाँको भनाइ छ l
कक्षा ८ मा अध्ययनरत छात्र मनिष अधिकारीले खुसी हुँदै अब विद्यालयमा सिके पछि गुन्द्रुक घरमै पनि बनाउन सक्ने बताउनुभयो l उहाँले आँफुलाई मुलाको गुन्द्रुक असाध्यै मन पर्ने पनि बताउनुभयो l
मध्यविन्दु नगरपालिकामा हरेक शुक्रबार खुसी शुक्रबार कार्यक्रम नै राखिएको छ l त्यस दिन पुस्तक बिना नै विद्यालयमा कुनै न कुनै सीप सिकिरहेका हुन्छन् l

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस