२०८२ बैशाख ६, शनिबार

नारायणी नदीमा बेपत्ता भएका अर्को बालकको पनि शव भेटियो

  • बिष्णु गौडेल
  • २०८२ बैशाख ४, बिहिबार
नारायणी नदीमा बेपत्ता भएका अर्को बालकको पनि शव भेटियो

मध्यविन्दु(नवलपरासी), ४ वैशाख
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका १५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुवै जना बालकको शव भेटिएको छ । साथीहरू सँग मङ्गलवार नारायणी नदीमा पौडी खेल्न गएका दुई जना बालक डुबेर बेपत्ता भएका थिए । बेपत्ता मध्य एक जनाको हिजो शव भेटिएको थियो भने अर्का एक जनाको आज शव भेटिएको हो ।
मध्यविन्दु नगरपालिका १२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायव उपरीक्षक मधु नेपालीले बताउनु भयो । मध्यविन्दु नगरपालिका १२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधवार दिउँसो नदीमा भेटिएको थियो ।
पाँच जना बालकहरू बिदाको समयको सदुपयोग गर्ने भन्दै नारायणी नदी किनारमा ड्राइ पिकनिक जान्छु भनी गएकोमा दुई जना पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । मृतक दुई बालक दाजु भाइका छोराहरू रहेका छन् ।
दुवै बालकको शवलाई पोस्ट माटमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायव उपरीक्षक नेपालीले जनकारी दिनु भयो ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस