२०८१ चैत्र १८, सोमबार

नवलपुरमा यातायात कार्यालय र ट्राफिक प्रहरीको  संयुक्त चेकजाँच 

  • बिष्णु गौडेल
  • २०८१ चैत्र १४, बिहिबार
नवलपुरमा यातायात कार्यालय र ट्राफिक प्रहरीको  संयुक्त चेकजाँच 
कावासोती, १४ चैत,
यातायात व्यवस्था कार्यालय कावासोती र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (ब.सु.पू.) को संयुक्त चेकजाँच अभियान सञ्चालन भएको छ। चेकजाँचको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न सवारी साधन कारबाहीमा परेका छन्।
संयुक्त अनुगमनको उद्देश्य सवारी सुरक्षालाई प्रभावकारी बनाउँदै दुर्घटनाको जोखिम कम गर्नु रहेको यातायात व्यवस्था कार्यालयका इन्जिनियर धर्मेन्द्र कुमार शाहले बताउनु भयो । चेकजाँचका क्रममा बिना अनुमति सञ्चालनमा रहेका, मापदण्ड विपरीत सवारी चलाइएका तथा नियम उल्लङ्घन गर्ने गाडीहरूलाई कारबाही गरिएको छ। यातायात व्यवस्था कार्यालय नवलपुरले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन १५ दिने विशेष अभियान सञ्चालन गरेको छ। यो अभियान अन्तर्गत बिल बुक नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमति पत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको छ। बिल बुक नवीकरण नगर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने उद्देश्यले संयुक्त चेकजाँच अभियान सञ्चालन गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, ट्राफिक नियम पालना नगर्ने चालकहरूलाई सचेत गराउँदै आवश्यक कानुनी कारबाहीसमेत अघि बढाइएको छ। यातायात सुरक्षालाई अझ मजबुत बनाउन आगामी दिनहरूमा यस्ता संयुक्त चेकजाँचलाई निरन्तरता दिने अधिकारीहरूले बताएका छन्।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस