२०८१ चैत्र १२, मंगलबार

समता स्कुल कावासोतीमा अत्याधुनिक सुविधासहित पठनपाठन गरिँदै

  • बिष्णु गौडेल
  • २०८१ चैत्र ११, सोमबार
समता स्कुल कावासोतीमा अत्याधुनिक सुविधासहित पठनपाठन गरिँदै
कावासोती,
न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता स्कुल कावासोतीले शैक्षिक वर्ष २०८२ देखि पूर्व-प्राथमिक र प्राथमिक तहमा एसी सुविधासहितका कक्षाकोठामा पठनपाठनको व्यवस्था गर्दै यातायात सुविधा पुनः सुरु गर्ने भएको छ ।
कावासोती नगरपालिका वार्ड नम्बर-३ मा स्थानान्तरण भएसँगै समता स्कुलले थप सुविधा सम्पन्न भएको छ। समता स्कुल कावासोतीका प्रिन्सिपल महेश भुर्तेलका अनुसार  विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, जिप्सन र एसीसहितका आधुनिक कक्षाकोठा, ठुलो खेल मैदान, अत्याधुनिक फिल्टरयुक्त १२ महिना तातो/चिसो खानेपानी, छात्र/छात्राका लागि छुट्टाछुट्टै सफा र पर्याप्त शौचालय सुविधा, बालमैत्री खाजासहितको क्यान्टिन, कक्षा ९ र १० मा प्रोजेक्टरयुक्त कक्षा सञ्चालन, बालमैत्री पूर्व-प्राथमिक तहका कक्षाको निर्माण, होस्टेल तथा डे-होस्टेलको सुविधा पनि उपलब्ध गराइने भएको छ ।
न्यूनतम शुल्कमा शिक्षाको लागि प्रसिद्ध समता स्कुलले अब मासिक ७५० रुपैयाँ (वार्षिक ७,८०० रुपैयाँ) शुल्कमा कम्प्युटर ल्याब, खेलकुद, म्युजिक डान्स कक्षा, परियोजना कार्य, परीक्षा, वार्षिक सांस्कृतिक कार्यक्रमजस्ता अतिरिक्त गतिविधिहरूसमेत समेट्नेछ। होस्टेल तथा डे-होस्टेलको लागि भने अतिरिक्त न्यूनतम शुल्क लाग्ने प्रिन्सिपल भुर्तेलले बताउनु भयो।
हाल समता स्कुल नेपालका विभिन्न जिल्लाहरूका साथै भारत, म्यानमार लगायतका अन्तर्राष्ट्रिय मुलुकहरूमा समेत शिक्षा अभियान सञ्चालन गरिरहेको छ। समता शिक्षा अभियानका संस्थापक उत्तम कुमार सन्जेल हुनुहुन्छ। कावासोती नगरपालिकामा २०६९ सालदेखि कक्षा ८ र १० का परीक्षाहरूमा उत्कृष्ट नतिजा दिँदै आएको यस विद्यालयले कावासोती नगरपालिका र नवलपरासी जिल्लामा ४.०० जिपिए प्राप्त गर्ने एक मात्र विद्यालयको रूपमा कीर्तिमान राखेको प्रिन्सिपल महेश भुर्तेलले दाबी गर्नु भयो।
समय र प्रविधिको विकाससँगै समता स्कुल नवलपरासी बाँसको संरचनाबाट आधुनिक संरचना र प्रविधिसहितको विद्यालयमा रूपान्तरण भएको उहाँले बताउनु भयो ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस