२०८१ फागुन ३०, शुक्रबार

हुप्सेकोटमा नारी दिवसका अवसरमा आयोजित म्याराथनमा रुपा प्रथम

  • बिष्णु गौडेल
  • २०८१ फागुन २४, शनिबार
हुप्सेकोटमा नारी दिवसका अवसरमा आयोजित म्याराथनमा रुपा प्रथम

हुप्सेकोट, २४ फागुन
एक सय १५ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको महिला म्याराथन प्रतियोगितामा हुप्सेकोट ६ कि रुपा हमाल प्रथम हुनुभएको छ ।
निर्धारित दुरी ६.६ किलोमिटर ३८ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै हमाल प्रथम हुनुभएको हो । निर्धारित दुरी ३९ मिनेट ४ सेकेन्डमा पूरा गर्दै हुप्सेकोट १ कि अस्मिता घर्ती द्धितिय हुनुभयो । त्यस्तै ४० मिनेट ११ सेकेन्डमा निर्धारित दुरी पूरा गरी हुप्सेकोट ४ कि सूचना राई तृतीय हुनुभएको छ ।


प्रथम,द्धितिय र तृतीय हुने प्रतियोगीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित ट्रफी प्रदान गरिएको छ । विजयी प्रतियोगीलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले महिलाहरूलाई खेल क्षेत्रमा आकर्षित गर्नकोलागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पहिलो पटक गरिएको यस म्याराथन प्रतियोगितालाई प्रत्येक वर्ष आयोजना गर्ने अध्यक्ष पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिका भित्रका १८ वर्ष देखि ३० वर्ष उमेर समूहका २९ जना महिला धावक प्रतियोगितामा सहभागी भएका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस