फेसबुकमा पछ्याउनुहोस्
दुम्कीवास । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो नेपालगन्जबाट राजविराजतर्फ जाँदै गरेको प्र। २–०३–००१ ख ४१२७ नम्बरको ट्रकले लु ४२ प ३०४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो ।दुर्घटनामा परी मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका २ निवासी ६७ वर्षीय पूर्णबहादुर काउचा घाइते भएका हुन् ।
घाइतेलाई उपचारको लागि सेन्ट्रल हस्पिटल चितवन पठाइएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।