२०८१ फागुन ३०, शुक्रबार

शिव शक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानको १५औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

  • बिष्णु गौडेल
  • २०८१ फागुन १६, शुक्रबार
शिव शक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानको १५औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

तिर्थराज काफ्ले ,कावासोती ,

नवलपुरको कावासोती-१५, गोडारस्थित शिव शक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानको १५औँ साधारण सभा तथा ५औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष भूपति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तेजकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले शिव शक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानले समाजको नैतिक तथा सांस्कृतिक उत्थानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै प्रतिष्ठानले समुदायमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले आगामी दिनमा संस्थाको गतिविधिलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

साथै, यस्ता संस्थाहरूले समाजमा एकता, सद्भाव र धार्मिक चेतनाको अभिवृद्धि गर्ने भएकाले सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। सभामा प्रतिष्ठानको वार्षिक प्रगतिबारे समीक्षा गरिएको थियो। धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई प्रवर्द्धन गर्दै आध्यात्मिक चेतनाको विस्तार ,धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक गतिविधिहरू सञ्चालन गर्दै आएको यो प्रतिष्ठानले हिन्दु परम्परा अनुरूप विभिन्न पूजा, अनुष्ठान तथा धार्मिक समारोहहरूको आयोजना गर्दै आइरहेको छ।

विशेष गरी महाशिवरात्रि, तीज, नवदुर्गा पूजाका अवसरमा यहाँ विशेष पूजा तथा भव्य कार्यक्रमहरू आयोजना गरिन्छ। १५औँ साधारण सभा तथा ५औँ अधिवेशनबाट बोधराज गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। समितिमा १४ सदस्य निर्विरोध चयन भएका छन्, जसको उपाध्यक्षमा भगवती बस्ताकोटी, कोषाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा विमल गैरे, सह-सचिवमा लुमा कुमारी पाण्डे चयन भएका छन्।

सदस्यहरूमा हिमलाल गैरे, शोभा गौडेल, बालकुमारी काफ्ले, डिलकुमारी सापकोटा, टप प्रसाद बस्याल, मणि पाण्डे, गोमा खराल, भीम बहादुर महतो र गंगाधर न्यौपाने रहेका छन्। कार्यक्रममा सङ्घसंस्था प्रतिनिधि, स्थानीय बासिन्दा तथा प्रतिष्ठानका आजीवन सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस