‘क्यारी भुलाम मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक अर्जुन सापकोटा र गायिका सम्झना भण्डारीको स्वर सुन्न सकिन्छ।
बिहीबार बिहान गायिका सम्झनाको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो।
प्रेम–विछोडको कथा समेटिएको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्।
गीतमा संगीत गायक अर्जुन स्वयंमको छ भने एचबिएन किस्मतले एरेन्ज गरेका छन्। भिडिओमा अर्जुनसहित सरिता ढुंगाना र पुष्पा अवस्थीको अभिनय छ।
गीत सार्वजनिक भएसँगै यसले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको गायक तथा मोडल अर्जुनले बताए। ‘टिकटकमा गीतले गति लिन थालेको छ। युट्युबमा पनि राम्रो प्रतिक्रिया आइरहेका छन्’ उनले भने।विशाल घिमिरेको कथा तथा निर्देशनमा बनेको भिडिओमा बुद्ध थापाको छायांकन रहेको छ। त्यसैगरि, भिडिओ अनिश महतले सम्पादन गरेका हुन्।