२०८१ फागुन ३०, शुक्रबार

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभूषामा आउने दर्शकलाई प्रवेश निःशुल्क

  • बिष्णु गौडेल
  • २०८१ फागुन १२, सोमबार
मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभूषामा आउने दर्शकलाई प्रवेश निःशुल्क

कावासोती, नवलपुरको कावासोती १६ मा जारी आठौँ नवलपुर महोत्सवमा फागुन १५ गते परेको मगर दिवसको अवसरमा मगर समुदायहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको नवलपुर उद्योग वाणिज्य सङ्घ सचिवालयले जनाएको छ ।

फागुन १५ गते परेको ४३ औ मगर दिवसको अवसरमा आठौँ नवलपुर महोत्सवमा मगर समुदायको एकता दिवसमा मगर समुदायको भेषभूषा मा महोत्सव अवलोकन गर्न आउनेहरूलाई निःशुल्क प्रवेश दिन नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् आठौँ नवलपुर महोत्सव २०८१ मूल आयोजक समिति संयोजक वैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार उद्योग वाणिज्य सङ्घले महोत्सव मार्फत विभिन्न जातजातिको भाषा, कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने भएकोले फागुन १५ गते मगर एकता दिवसको अवसरमा मगर भेषभूषामा सजिएर महोत्सव अवलोकन गर्न आउने दर्शक मानुभावहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको बत्ताउनुभयो ।

आठौँ नवलपुर महोत्सव फागुन १७ गते सम्म कावासोती १६ डण्डामा सञ्चालनमा रहेको छ । महोत्सवमा दिपक बज्राचार्य, रचना रिमाल, दुर्गेश थापा, ज्योति मगर, बद्री पङ्गेनी, रिता थापा मगर, श्याम रानाहरूको प्रस्तुति रहेको थियो भने युवा समुदायको मागलाई मध्य नजर गर्दै र्यापर माईलो, लाहुरे लगायतको प्रस्तुति रहने आयोजकको भनाई रहेको छ । फागुन १३ गते गायिका भूमिका गिरि, जीवन परियार लगायतको प्रस्तुति रहनेछ । त्यस्तै फागुन १४ गते र्यापर माइलो , फागुन १५ गते र्यापर जी वव् को प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस