२०८१ फागुन ३०, शुक्रबार

हुप्सेकोटका कर्मचारी द्वारा हातमा कालो पट्टी बाँधेर  विरोध 

  • बिष्णु गौडेल
  • २०८१ फागुन ६, मंगलबार
हुप्सेकोटका कर्मचारी द्वारा हातमा कालो पट्टी बाँधेर  विरोध 
हुप्सेकोट,६ फागुन 
तनहुँको बन्दिपुर गाउँपालिकामा वडा सचिव माथि भएको कुटपिटको विरोधमा हुप्सेकोट गाउँपालिकाका कर्मचारीले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । पछिल्लो समयमा देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरू माथि कुटपिट तथा अमानवीय दुर्व्यवहारपूर्ण घटनाहरू बढेको प्रति ध्यानाकर्षण गराउँदै नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीहरूले हातमा कालो पट्टि बाँधेर विरोध जनाएका हुन् ।
हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीहरूको तर्फ वाट संयुक्त विज्ञप्ति जारी गर्दै बन्दिपुर गाउँपालिका ६ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव नवीन भुसाल माथि भएको कुटपिट तथा अमानवीय दुर्व्यवहारपूर्ण घटनाप्रति निन्दा एव भर्त्सना गरिएको छ ।
“राष्ट्र सेवक कर्मचारीको सुरक्षाको प्रत्याभूति र दोषी उपर कारबाहीको सुनिश्चितता सहित आगामी दिनमा राष्ट्रसेवक कर्मचारीहरू माथि यस्ता अमानवीय, अप्रिय घटनाहरू हुन नदिन साथै कर्मचारीहरूको शान्ति सुरक्षाको प्रत्याभूतिको लागि सम्बन्धित निकायमा जोडदार माग गर्दछौ”,विज्ञप्तिमा भनिएको छ ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस