३ फागुन ,आठाैं नवलपुर महाेत्सवमा सञ्चालित स्रष्टा सम्मान तथा कवि गाेष्ठीमा साहित्यकार तथा समालाेचक कृण्णादेवि शर्मा श्रेष्ठ सम्मानित हुनु भएकाे छ ।
शर्मालाई दाेसल्ला, प्रमाण पत्र सहित नगदराशी रू ५०००/ ले सम्मान गरिएकाे हाे । गाेष्ठीमा कवि दिपक साेती, कवि/समालाेचक सदानन्द अभागी, छन्देली कवि लाेकनाथ खरेल, कवि कवियित्रीहरू मुक्ति ढकाल, हरि ढकाल `रसज्ञ छहरा,´शर्मिला सापकाेटा, आई पि सापकाेटा, शाेभा कंडेल काेईराला, टीका सापकाेटा, सितादेवि पाैडेल, सरला खनाल, एक नारायण चापागाई लगायतले आफ्ना रचना प्रस्तुत् गर्नु भएकाे स्रष्टा सम्मान तथा अतिरिक्त क्रियाकलाप उपसमिति संयाेजक अर्जुन अविरलले जानकारी दिए ।
सहभागी स्रष्टाहरूलाई कदर पत्रले सम्मान गरिएकाे थियाे । माघ २५ गते देखि फागुन १० सम्मलाई कावासाेती- १६, डण्डा स्थित अंकर सामुदायिक वनकाे परिसरमा महाेत्सव चलिरहेकाे छ ।
यस अघिका महाेत्सवमा कवि दीपक साेती र कवि गाेविन्दराज विनाेदीलाई सम्मान गरिएकाे नवलपुर उद्याेग वाणिज्य संघका महासचिव सागर पाेख्रेलले जानकारी दिए ।