२०८१ फागुन ३०, शुक्रबार

शिवमन्दिर अपाङ्ग स्वावलम्बन समूहलाई कार्यालय सामाग्री हस्तान्तरण 

  • बिष्णु गौडेल
  • २०८१ फागुन १, बिहिबार
शिवमन्दिर अपाङ्ग स्वावलम्बन समूहलाई कार्यालय सामाग्री हस्तान्तरण 
कावासोती,१ फागुन 
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ६ मा रहेको शिव मन्दिर अपाङ्ग स्वावलम्बन समूहको कार्यालयका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।
कावासोती नगरपालिका वडा नम्बर ६ वडा कार्यालय र विष्णुनगर सामुदायिक बनको बजेट मार्फत समूहको कार्यालयका लागि आवश्यक सामाग्री व्यवस्थापन गरिएको हो ।
कावासोती नगरपालिका वडा नं.६ भित्रका विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरू र तिनको परिवारलाई आवश्यक परामर्श,सहयोग, सचेतना लगायतका कार्य गर्नका लागि गठन गरिएको समूहको कार्यालय सञ्चालन गर्नका लागि आवश्यक सामाग्री व्यवस्थापन गरिएको संस्थाकी सचिव विष्णु भुसालले बताउनु भयो ।
कावासोती नगरपालिका वडा नं.६ को चालु आ.व.को बजेट मार्फत एक थान अफिस दराज,एक थान अफिस टेबल, एक थान अफिस कुर्ची, पर्दा सेट, कार्पेट, पाँच थान पलाष्टिक कुर्ची, फिल्टर सहित मसलन्द सामाग्री खरिद गरिएको सचिव भुसालले जनकारी दिनुभयो ।
त्यसै गरी  विष्णुनगर सामुदायिक वन समूह वाट २० हजार बरावरको २२ थान कुर्ची खरिद गरिएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष यम बहादुर थापा , वडा सदस्य युवराज गैरे, देवीलाल चापागाईँ सहित शिव मन्दिर अपाङ्ग स्वावलम्बन समूहको अध्यक्ष गोमा कुमारी नेपाली, उपाध्यक्ष हरिलाल गौडेल, कोषाध्यक्ष लेखनाथ भुर्तेल लगायतको उपस्थिति रहेको थियो । शिव मन्दिर अपाङ्ग स्वावलम्बन समूहमा कावासोती ि६ का २४ जना सदस्यहरू आबद्ध रहेको सचिव भुसालले जानकारी दिनु भयो ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस