२०८१ फागुन ३०, शुक्रबार

देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने

  • बिष्णु गौडेल
  • २०८१ माघ २९, मंगलबार
देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने

नवलपुर : नवलपुरको दलदलेमा देवचुली महोत्सव हुने भएको छ। उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा ५औं देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजक देवचुली उद्योग वाणिज्य संघले जानकारी दिएको छ।

स्थानीय उत्पादन, व्यापारिक गतिविधि, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई प्राथमिकतामा राखी महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष सुर्यप्रसाद दवाडीले जानकारी दिए।

संघका संथापक अध्यक्ष धर्मदत्त  बस्यालले महोत्सवका बारे जानकारी गराउँदै स्थानीय उत्पादन तथा सेवाहरू प्रवर्द्धन गर्ने, व्यवसायीलाई व्यवसाय विस्तारका लागि अवसर प्रदान गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई देवचुली क्षेत्रको विशेषता बुझाउने मुख्य लक्ष्य रहेको  बताए।

देवचुली उद्योग  वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडीका अनुसार  व्यापारिक , कृषि पर्यटन, शिक्षा , स्वास्थ गरी १५० वटा स्टल रहने छन्।

महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, व्यापारिक स्टल, कृषि मेला, बाल उद्यान, खेलकुद प्रतियोगिता, विविध  सांस्कृतिक  कार्यक्रम लगायतका विशेष आकर्षण रहनेछन्।   महोत्सवबाट करिब १५ करोड रुपैयाँ बराबरको व्यापारिक कारोबार हुने र १ लाख ५० हजार दर्शकले मेलामा प्रत्यक्ष अवालेकन गर्ने अनुमान रहेको  मंगलबार आयोजित पत्रकार सम्मेलनमा विनोद सिलवालले बताए।

महोत्सवमा बालमैत्री सामग्री प्रदर्शन , संग्राहलय प्रदर्शनी, विज्ञान कला र प्रदर्शनी, जातीय पहिचान झल्कने घर सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी, लगायतका आकर्षणहरू रहने देवचुली उद्योग  वाणिज्य संघका निवर्तमान अध्यक्ष रेशम सापकोटाले बताए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस