२०८१ फागुन ३०, शुक्रबार

घाँस दाउरा गर्न जङ्गल गएकी महिला मृत फेला

  • बिष्णु गौडेल
  • २०८१ माघ २४, बिहिबार
घाँस दाउरा गर्न जङ्गल गएकी महिला मृत फेला

देवचुली(नवलपरासी), २४ माघ
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुलीमा बुधवार देखि जङ्गलमा बेपत्ता भएकी एक महिलाको शव फेल परेको छ । दिव्य मध्यवर्ती सामुदायिक वनमा बुधवार घाँस दाउरा गर्न जानु भएकी देवचुली नगरपालिका–१ बस्ने ४७ बर्सिया राममाया सोतीको शव बिहीबार फेला परेको हो ।
घटनाको प्रकृति हेर्दा गैँडाको आक्रमण बाट मृत्यु भएको जस्तो देखिए पनि पोस्ट माटम पछि मात्र मृत्युको कारण पुष्टि हुने जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
चार जना साथीहरूसँगै बुधवार घाँस काट्न गएकामध्ये एक जनालाई गैँडाले आक्रमण गरी घाइते बनाएको थियो भने अन्य दुई जना भाग्न सफल भएका थिए । एक जना जङ्गलमा नै बेपत्ता हुनु भएको थियो ।
स्थानीय, प्रहरी, सेनाको टोलीले निकुञ्जभित्र खोजी गर्ने क्रममा बिहीबार साँझ दिव्य मध्यवर्ती सामुदायिक वन भित्र सोतीको शव फेला पारेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो । शव पोस्ट माटमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ ।
बुधवार घाइते हुनु भएकी देवचुली नगरपालिका–१ बस्ने ३३ बर्सिया कुमारी आलेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस