२०८१ चैत्र १, शनिबार

गैँडाकोटमा करेन्ट लागेर जाजरकोटका एक युवाको मृत्यु

  • बिष्णु गौडेल
  • २०८१ माघ २४, बिहिबार
गैँडाकोटमा करेन्ट लागेर जाजरकोटका एक युवाको मृत्यु

मध्यविन्दु(नवलपरासी), २४ माघ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–५ कालिका चोकमा विद्युत् मर्मतको लागि पोलमा चढेका जाजरकोट जिल्लाको भेरी नगरपालिका घर भएका २३ वर्षीय आरएन सिंह ठकुरीको करेन्ट लागेर मृत्यु भएको हो ।
सीमा कन्स्ट्रक्सन प्रा.ली. मा बिजुलीको काम गर्ने ठकुरी बिहीबार साँझ पुरानो बिजुलीको पोलबाट नयाँ पोलमा तार सार्ने क्रममा अचानक करेन्ट लाग्दा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस