नवलपुरको कावासोतीमा नेवा देय दबु नवलपुरका आयोजनामा लाखे नाँच तथा बाध्यबादन तालिम शुरु भएको छ । कावासोती नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको लाखे नाँच बाध्यबादन तालिमको संविधान सभा सदस्य जीवन श्रेष्ठले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै संविधान सभा सदस्य जीवन श्रेष्ठले नेवार समुदायको कला संस्कृति संरक्षणमा सबै समुदाय एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले राज्यले नेपालका सबै जातजाति भाषा भाषीको कला धर्म संस्कृति संरक्षणमा गम्भीर भएर ध्यान दिनु पर्ने पनि बताउनुभयो । वाइट जीवन श्रेष्ठ कार्यक्रममा नेवा देय दबुका केन्द्रिय उपाध्यक्ष हरि श्रेष्ठले राज्यले नेवाः समुदायको कला संस्कृति भाषा धर्म संरक्षणमा ध्यान दिन नसकेको बताउनुभयो । कार्यक्रममा नेवा देय दबुका प्रदेश कोषाध्यक्ष भुवराज श्रेष्ठ, जिल्ला समितिका पदाधिकारी, नगरपालिका समितिका अध्यक्षहरु लगायतका सहभागिता रहेको थियो ।
नेवा देय दबु नवलपुरका सचिव रामकुमार श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रम जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो भने जिल्लाका वरिष्ठ उपाध्यक्ष मित्रलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी तालिमको उद्घाटन पछि बसेको जिल्ला समितिको वैठकले पुस २५ गते भित्र नवलपुरका गाउँपालिका र नगरपालिकाका अधिवेशन गर्ने र माघ १२ गते भित्र जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको जिल्ला सचिव रामकुमार श्रेष्ठले बताउनुभयो ।