२०८१ फागुन ३०, शुक्रबार

नेपाल पत्रकार महासंघ नवलपुरको नव निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण

  • बिष्णु गौडेल
  • २०८१ पौष १२, शुक्रबार
नेपाल पत्रकार महासंघ नवलपुरको नव निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण

नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरका नयाँ निर्वाचित समितिको आज पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम भएको छ । श्रीराम सिग्देलको नेतृत्वमा निर्वाचित समितिलाई आज विरेन्द्र पराजुलीको नेतृत्वमा रहेको समितिले पदहस्तान्तरण गरेको हो ।

आज निर्वाचितहरुलाई सपथ ग्रहण गराउनुका साथै निर्वाचित प्रमाण पत्र पनि वितरण गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, नेपाल पत्रकार महासंघ नवलपुरका सभापतिका प्रतिद्वन्दी घनश्याम बगाले, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सभापति केशव पराजुली, नेपाल पत्रकार महासंघ नवलपुरका सल्लाहाकार रामकुमार श्रेष्ठ, प्रेस संगठनका केन्द्रिय सचिव बोमलाल गिरी, प्रेस युनियनका जिल्ला अध्यक्ष खगराज सापकोटा, प्रेस चौतारीका जिल्ला अध्यक्ष सालिकराम कोइराला, फोनिजका केन्द्रिय सदस्य कमला राना मगर, क्रियाशिल पत्रकार महिला नवलपुरका अध्यक्ष ज्ञानु पंगेनी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले महासंघलाई साझा संस्थाको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए । त्यसैगरी महासंघले नयाँ पत्रकारहरुको सिप तथा क्षमता विकास र साना स्वरोजगारमुलक मिडियाहरुको उत्थानमा नेतृत्वले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

विष्णु गौडेलको सञ्चालनमा भएको कार्यक्रममा विरेन्द्र पराजुलीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा नविन पौडेले स्वागत मन्तव्य राखेका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस