२०८१ फागुन ३०, शुक्रबार

कावासोती नगरमा बालमैत्री अभियान वडा वडामा केन्द्रित गरिँदै

  • बिष्णु गौडेल
  • २०८१ पौष ७, आईतबार
कावासोती नगरमा बालमैत्री अभियान वडा वडामा केन्द्रित गरिँदै

कावासोती नगरपालिकामा बालमैत्री स्थानीय शासनको अभियान वडा वडामा केन्द्रित गरी सञ्चालित गरिने भएको छ । कावासोती नगरको कार्यपालिका बैठक अनुसार पहिलो चरणमा ३,४, १२ र १६ लाई घोषणा गर्ने गरी निर्णय गरिएकोले वडा वडामा अभियान सुरु गरिएको बालमैत्री फोकल पर्सन रिता रिजालले बताउनुभयो ।

छनौट भयका कावासोतीका वडा नम्बर ३,४,१२ र १६ का जनप्रतिनिधिहरू र बालमैत्री स्थानीय शासनको वडा स्तरीय समितिलाई अभिमुखीकरण गरी ५१ सूचकमा वडाको अवस्थाको बारेमा जानकारी दिन सुरु गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताउनुभयो ।

सूचकको अवस्था अनुसार चरणबद्ध रूपमा वडामा केन्द्रित हुने र अभियानलाई अगाडी लैजाने गरिएको योजना निर्माण गरिएको उहाँले बताउनुभयो । आजको अभिमुखीकरणमा बालबालिकामा किन लगानी आवश्यक छ, वडाहरूमा बालमैत्रीको सूचकहरूको अवस्था र अब गर्नुपर्ने कार्यहरूको बारेमा बालमैत्री अभियन्ता दिपक शर्माले सहजीकरण गर्नुभएको थियो ।

उहाँले बालबालिकामा लगानी गर्दा हुन सक्ने फाइदा र यसको दिगोपनको लागि गर्न सकिने क्रियाकलापहरूको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख विष्णु प्रसाद भुसालले बालबालिकाको लागि नगरपालिका अभिभावक रहेकोले बालबालिकाको लागि हरेक हिसाबले काम गर्न तयार रहेको र बालबालिकाको शिक्षा, स्वास्थ्यमा निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमको समापनको अवसरमा नगर उप प्रमुख फुलकुमारी थनेतले बालबालिकाहरूमा अधिकार र कर्तव्य सँगै सिकाउन आवश्यक रहेकोले बालमैत्री अभियानले यसको नेतृत्व लिन सम्पूर्ण सरोकारवालालाई अनुरोध गर्नुभयो । कार्यक्रममा वडाबाट जनप्रतिनिधि, विद्यालय, स्वास्थ्य, बाल क्लब र वडा स्तरीय समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस