२०८१ फागुन ३०, शुक्रबार

कावासोती नगर स्तरीय लाखेनाँच प्रतियोगितामा सिका नेवाः गुठी प्रथम

  • बिष्णु गौडेल
  • २०८१ भाद्र १५, शनिबार
कावासोती नगर स्तरीय लाखेनाँच प्रतियोगितामा सिका नेवाः गुठी प्रथम

कावासोती ।

नवलपुरको कावासोती १४ त्रिभुवनटारमा भएको कावासोती नगर स्तरीय लाखेनाच प्रतियोगितामा कावासोती २ को सिका नेवा गुठी प्रथम भएको छ । त्यसैगरी गणेश भिमसेन नेवाः गुठी गोछडा दोस्रो र शेरगञ्ज नेवाः गुठी शेरगञ्ज तृतीय भएको छ ।

भीमसेन कालिका नेवा गुठी त्रिभुवनटार र सनराइज युवा समन्वय समितिको आयोजनामा भएको लाखेनाच प्रतियोगितामा कावासोतीका ६ वटा गुठीको लाखे नाँच प्रदर्शन गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका थिए ।

प्रतियोगिता कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस