२०८१ फागुन ३०, शुक्रबार

आफ्नै घर वाट हराएका बालकको शव खोलामा भेटियो 

  • बिष्णु गौडेल
  • २०८१ श्रावण २३, बुधबार
आफ्नै घर वाट हराएका बालकको शव खोलामा भेटियो 
मध्यविन्दु(नवलपरासी),२३ साउन 
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-४ हसौरा वाट बेपत्ता भएका दुई वर्षे वालको शव खोला किनारमा भेटिएको छ ।
स्थानीय रामजी ढुङ्गानाको नाति ३० महिने सुवास ढुङ्गाना मङ्गलवार बिहान आफ्नै घर आँगनमा साइकलमा खेली रहेको अवस्थामा हराएका थिए । बेपत्ता भएका बालकलाई घर छेउमा रहेको खेतमा पानी लगाउने पक्की सिँचाइ कुलोले बगाएको अनुमान सहित खोजा गर्दा आज कावासोती नगरपालिका-४ चिलाहा स्थित हसौरा खोला किनारमा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार हसौरा सिँचाइ कुलोले बगाएको बालकलाई घर देखि दुई कि.मि.को दुरीमा रहेको खोलाको किनारमा शव भेटेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस