२०८१ चैत्र २, आईतबार

पोखरामा स्कूल बस दुर्घटनाः एकजनाको मृत्यु, दर्जन बढी विद्यार्थी घाइते

  • बिष्णु गौडेल
  • २०८१ श्रावण १४, सोमबार
पोखरामा स्कूल बस दुर्घटनाः एकजनाको मृत्यु, दर्जन बढी विद्यार्थी घाइते

कास्की- विद्यार्थी बोकेर स्कूल जाँदै गरेको बस सोमबार बिहान दुर्घटना हुँदा पोखरामा एकजनाको मृत्यु भएको छ ।

मृतक सोही बसको कर्मचारी भएको बताइएको छ । दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती विकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बसमा दुर्घटनामा दर्जन बढी विद्यार्थी घाइते भएको वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

घरबाट विद्यार्थी लिएर स्कूल जाँदै गरेको एलपी देवकोटा मेमेरियलको बस पोखराको फुस्रेखोलानेर दुर्घटनामा परेको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

घाइते विद्यार्थीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस