२०८१ फागुन ३०, शुक्रबार

कावासोतीमा काठले च्यापिँदा एक बालको मृत्यु

  • बिष्णु गौडेल
  • २०८१ जेष्ठ १५, मंगलबार
कावासोतीमा काठले च्यापिँदा एक बालको मृत्यु

मध्यविन्दु (नवलपरासी), १५ जेठ,  नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा झ्याल बनाउन राखेको काठले च्यापिँदा आठ वर्षिय बालकको मृत्यु भएको छ ।
कावासोती नगरपालिका ३ गणेशटोलमा घरभित्र ठड्याएर राखिएको काठको झ्यालको चौकस ढलि च्यापिँदा घाईते भएका इशान गेलानको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादु पौडेलका अनुसार स्थानीय विनिता भट्टराईको निर्माणधिन घर भित्र खेल्ने क्रममा विष्णुमाया गेलानको छोरा ८ वर्षका ईशान गेलान गम्भिर घाइते भई उपचारको लागि भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान कार्यभई रहेको प्रहरीले जनाएको छ ।

 

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस