२०८१ फागुन ३०, शुक्रबार

सर्पको टोकाइ वाट मध्यविन्दुका एक बालको मृत्यु

  • बिष्णु गौडेल
  • २०८१ जेष्ठ १, मंगलबार
सर्पको टोकाइ वाट मध्यविन्दुका एक बालको मृत्यु

नवलपुर । सर्पको टोकाइबाट गम्भीर विरामी भएका बालकको ४ दिन पछि निधन भएको छ ।

गत बैशाख २८ गते साँझा सर्पको टोकाईबाट विरामी भएका नवलपुरको मध्यविन्दु नगरपालिका १२ ज्वाईथर बस्ने शान्ति कुमालका ७ बर्षीय छोरा प्रिजन कुमालको आज विहान निधन भएको हो ।

उनलाई घरको आँगनमा खेल्ने क्रममा सर्पले खुट्टामा टोकेको थियो । बालकको मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको थियो ।

अस्पतालले गएराति बालकलाई अब बचाउन नसक्ने भनि परिवारलाई जानकारी गराए पछि परिवारले उनलाई घर ल्याएको थियो ।

बालकको आज विहान उनकै घरमा निधन भएको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस