२०८१ चैत्र २, आईतबार

कावासोतीकी किशोरी अभियन्ता सवनम सुनार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट

  • बिष्णु गौडेल
  • २०८१ बैशाख २१, शुक्रबार
कावासोतीकी किशोरी अभियन्ता सवनम सुनार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट

नवलपुरको कावासोती नगरपालिकाको किशोरी अभियन्ता सवनम सुनार एसियन गल्र्स इन एक्सन परियोजना २०२४ अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीको लागि छनौट हुनुभएको छ ।

एसिया महादेशको १५ देशहरुबाट १०० जनाको आवेदन परेको र १० जना छनौट भएकोमा नेपालबाट सवनम सुनार छनौट हुनुभएको हो । सवनम सुनार, कावासोती ६ निवासी र हाल कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । उहाँ कावासोतीमा भर्खरै सम्पन्न भएको किशोरी सशक्तीकरण कार्यक्रमको साथी शिक्षकको रूपमा ३ वर्षसम्म क्रियाशील हुँदै युनिसेफको ग्लोबल गल्र्स सल्लाहकार समितिको सदस्यमा समेत हालसालै मनोनयन हुनुभएको छ ।

बालबालिका र किशोर किशोरीको क्षेत्रमा क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलका अनुसार ताईवानको द गार्डेन अफ होप फाउन्डेसनले प्रत्येक वर्ष एसियन गल्र्स अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु र अभियानहरु गरिरहने र नेपालबाट सुरुवाती चरणबाट नै किशोरीहरूको सहभागिताको लागि पहल गराई रहेको बताउनु भयो ।

छनौट हुनुभएको किशोरी सवनम सुनारले १० जनाभित्रबाट अवार्ड जित्ने गरी तयारी गर्ने र नेपालको अभ्यासहरू एसिया महादेश भरी नै पुर्‍याउने गरी तयारी गरेर देशबाट प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो । नेपालबाट हालसम्म श्रद्धा महत, बिपना शर्मा, आस्मा अर्याल, आशा विकले ताइवान मा नै गएर भौतिक रूपमा र कोरोनाको समयमा धेरै किशोरीहरूले अनलाइनबाट सहभागिता जनाई किशोरी अधिकारको लागि नेपालमा भएका अभ्यासहरूको बारेमा जानकारी र अव को समयमा सरोकारवालाहरूले गर्नुपर्ने विषयहरूको बारेमा ध्यानाकर्षण गराउने गरेको तिलोत्तम पौडेलले बताउनुभयो ।

संस्थाले स्थापनाकालीन समयबाट नै बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन, पोषणमैत्री, युवामैत्री स्थानीय शासनको वकालत सहित दक्षिण एसियामा नै नमुना बालिका सिकाई तथा स्रोत केन्द्र देवचुलीको वडा नंं. १० मा निर्माण गरिरहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस