
नारायणी टोल विकास संस्था गैँडाकोट २ का अध्यक्ष प्रदिप तामाङले स्वच्छ पानीका लागि नारायणी नदी किनारमा सरसफाईका लागि शौचालय निर्माण, स्नानघाट र फोहोर व्यवस्थापनमा ध्यानकर्षण गराउनुभयो ।
शुक्रबार सहमति संस्थाको अगुवाइमा डब्लु डब्लु एफ, गैँडाकोट खानेपानी व्यवस्थापन बोर्ड, नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त, आयोजनामा गैँडाकोटमा ‘पानी सम्बन्धि चर्चा तथा नदी किनार सरसफाई’ कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा जनप्रतिनिधि, खानेपानी संस्था, वन समूह, टोल विकास संस्था, प्रहरी, संरक्षणकर्मी एवं अभियान्ताहरु एवं स्थानीयले साथ दिएका थिए ।
कार्यक्रमको सहजिकरण सहमतिका महासचिव बेलप्रसाद पौडेलले गर्नुभएको थियो ।
विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो । यसवर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइएको छ ।