२०८१ चैत्र १, शनिबार

कावासोतीमा ट्रकको ठक्करबाट २० बर्षीय युवकको निधन

  • बिष्णु गौडेल
  • २०८० फागुन २८, सोमबार
कावासोतीमा ट्रकको ठक्करबाट २० बर्षीय युवकको निधन

नवलपुरकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटबलबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको लु ५० प ४७०८ नम्बरको मोटरसाइकललाई कावासोती नगरपालिका ८ खरकट्टाको जंगलमा ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट धादिङको गंगाजमुना गाउँपालिका वडा नं। ५ घर भई हाल नवलपुरको कावासोती ३ अठ्ठाइस बिगाहा बस्ने २० वर्षीय विश्वामित्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिए ।

ट्रकको ठक्करबाट घाइते गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल डण्डामा लैजाने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।

दुबै सवारी साधान र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस