२०८१ चैत्र १, शनिबार

नाबालिक बलात्कारको आरोपमा नवलपुरमा २ बालक पक्राउ

  • बिष्णु गौडेल
  • २०८० फागुन २१, सोमबार
नाबालिक बलात्कारको आरोपमा नवलपुरमा २ बालक पक्राउ

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा जवरजस्ती करणी गरेको आरोपमा २ बालक पक्राउ परेका छन् । जिल्लाको देवचुली नगरपालिका घर भएका २ बालकहरु नाबालिक माथी करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक साजन कुमार शर्माका अनुसार फागुन ७ गते स्थानीय ५ बर्षिय नाबालिकालाई करणी गरेको आरोपमा १३ वर्षका २ बालकहरु पक्राउ परेका हुन् ।

बालिकालाई चकलेट दिएर नजिकैको जंगलमा लगेर करणी गरेको भन्दै बालिकाका आफन्तले उजुरी दिएपछि प्रहरीले बालकहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको हो ।फागुन ४ गते घटना भएको तेस्राे दिन प्रहरीले बालकहरुलाई उनिहरुको घरबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका बालकहरु कक्षा ६ र कक्षा ७ मा अध्ययनरत छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस