२०८१ चैत्र १, शनिबार

आठ दिनको अन्तरमा फेरि अर्को बाघ मारेर गाडेको अवस्थामा भेटियो 

  • बिष्णु गौडेल
  • २०८० फागुन १२, शनिबार
आठ दिनको अन्तरमा फेरि अर्को बाघ मारेर गाडेको अवस्थामा भेटियो 

मध्यविन्दु (नवलपरासी),१२ फागुन,

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिमा आठ दिनको अन्तरमा फेरि अर्को बाघ मारेर गाडेको अवस्थामा भेटिएको छ । मध्यविन्दु नगरपालिका–१५ को स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेन्ज पोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले बताउनु भयो ।

“रोयल बेङ्गल टाईगर प्रजातिको भाले वयस्क मृत पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्ग देखि पाँच सय मिटर दक्षिण जङ्गलमा भेटिएको हो”,उहाँले भन्नु भयो,”जङ्गलमा हेरालुले गनाएको थाहा पाए पछि के रहिछ भनेर हेर्दा बाघको पछाडिको खुट्टा देखिने गरी पुरिएको अवस्थामा देखेपछि खबर गरेका थिए ।”

उक्त बाघको संवेदनशील अङ्ग सुरक्षित रहेको बताइएको छ । बाघलाई खनेर निकालिएको छ । उक्त बाघलाई आइतबार पोस्टमार्टम गरिने तयारी गरिएको छ । गत फागुन ४ गते मध्यविन्दु नगरपालिका १० अरुणखोला जङ्गल क्षेत्रमा भाले प्रजातिको पाटे बाघ मृत अवस्थामा फेला परेको थियो । आठ दिनको अन्तरमा सोही जङ्गल क्षेत्रमा अर्को पाटे बाघ मृत फेला परे पछि घटना थप अनुसन्धानको विषय वनेको वन अधिकृत कँडेलले बताउनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस