२०८१ फागुन ३०, शुक्रबार

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता नवलपुरमा सुरु

  • बिष्णु गौडेल
  • २०८० फागुन ११, शुक्रबार
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता नवलपुरमा सुरु

नवलपुर, ११ फागुन, 
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुक्रबारदेखि नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगितामा गण्डकी प्रदेशका प्रदेशका ११ जिल्लाका नौ सय ४२ जना खेलाडीहरूको सहभागिता रहेको छ । प्रतिस्पर्धीहरूले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडाले राष्ट्रमा अनुशासन,शान्ति,संमृद्धी र एकताका लागि खेलकुदको माध्यमबाट अघि बढ्न आवश्यक भएको बताउनु भयो । “विकासका पूर्वाधार बाटो,घाटो,कुलो आदि मात्र होइन राष्टको समृद्धिको मार्ग चित्र खेलकुदको विकास पनि हो”,मन्त्री सिंखडाले भन्नु भयो ।
उद्घाटनका अवसरमा प्रदेश सांसद रोशन बहादुर गाहा,पद्मा जिसी श्रेष्ठ, कावासोती नगर प्रमुख बिष्णु प्रसाद भुसाल,बिनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, प्रजिअ कल्पना श्रेष्ठ, जिल्ला खेलकुद विकास अध्यक्ष सेत बहादुर पुन लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगितामा एथलेटिक्स तर्फको खेल स्थल कावासोती २ स्थित नवदुर्गा मैदानमा आयोजित उद्घाटन कार्यक्रमको अध्यक्षता प्रदेश खेलकुद परिषद्का सदस्य सचव श्रीधर शर्माले गर्नु भएको थियो ।
खेल संंचालन नियम अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट सहभागी खेलाडीहरूको मार्चपास पछि प्रतियोगिताको शुभारम्भ भएको थियो ।
प्रतियोगिता उद्घाटन ईभेन्ट १५ सय मिटर दौडमा छात्र तर्फ बागलुङका खेलाडी बादल कार्की प्रथम,तेन्जिङ रोका मगर कास्की द्वितीय र सन्दीप नेपाली पर्वत तृतीय भएका छन् ।

कार्कीले ४ मिनट २९ सेकेन्डमा १५ सय मिटर दौड पार गर्दै प्रथम भएर पदक ट्रफि तथा प्रमाणपत्र हात पारेका हुन् ।
छात्रा तर्फको १५ सय मिटर दौडमा तनहुँकि नम्रता गुरूङले ५ मिनेट ३२ सेकेन्डमा अन्य १० जिल्लाका खेलाडीलाई पछि पार्दै पदक तथा ट्रफी हात पारेकी छन् ।
उसु,एथलेटिक्स,कवड्डी,तेक्वान्द,कराते र भलिवल सहितका ६ विधाका खेलहरूलाई नगरपालिकागत रूपमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको व्यवस्थापक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुनले बताउनु भयो ।

यसैविच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० तेक्वान्दो प्रतियोगिता गैँडाकोटमा सुरु भएको छ । शुक्रबार र शनिबार हुने खेलमा ८ जिल्लाका ११२ जना खेलाडीको सहभागिता रहेको छ । नवलपुर जिल्लाबाट १६ जना खेलाडीको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले खेलाडीको सेवा सुविधा व्यवस्थापनमा कुनै कमजोरी नगर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि नगरपालिका तत्पर रहेको बताउनुभयो । गैँडाकोट नगर खेलकुद समितिका उपाध्यक्ष लक्ष्मण कार्की, प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजक समितिका संयोजक, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर भट्राई, प्रदेश समिति सदस्य हरिराम सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तेक्वान्दो संघ गण्डकी प्रदेशका उपाध्यक्ष कमल पराजुलीले विभिन्न जिल्लाका खेलाडीहरूलाई स्वागत गर्दै आत्मरक्षा र अनुशासन सिकाउने तेक्वान्दो खेलको विकासमा सबै एक हुन आग्रह गर्नुभयो । कार्यक्रम नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

श्रीराम पार्टीप्यालेस गैँडाकोट २ मा आज र भोली खेल हुने तेक्वान्दो संघ नवलपुरका अध्यक्ष राजु भूषालले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस