२०८१ फागुन ३०, शुक्रबार

गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

  • बिष्णु गौडेल
  • २०८० माघ २४, बुधबार
गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना  बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले  जानकारी दिए ।दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस