२०८१ फागुन ३०, शुक्रबार

प्रथम गोपाल स्मृति नवलपुर वडा स्तरीय क्रिकेट प्रतियोगिता विष्णुनगरमा सुरु

  • बिष्णु गौडेल
  • २०८० माघ २०, शनिबार
प्रथम गोपाल स्मृति नवलपुर वडा स्तरीय क्रिकेट प्रतियोगिता विष्णुनगरमा सुरु
कावासोती,२० माघ, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले खेलकुदको प्रवर्द्धनका लागि सबैको सकारात्मक साथ आवश्यक रहेको बताउनु भएको छ ।
कावासोती नगरपालिका ६ विष्णुनगरमा प्रथम गोपाल स्मृति नवलपुर वडा स्तरीय प्रतिभा कप २०८० टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नु हुँदै नगरप्रमुख भुसालले सो कुरा बताउनु भएको हो । खेलकुदमा गरिने लगानीको प्रतिफल तत्काल नदेखिए पनि युवाहरूको शारीरिक, मानसिक र सामाजिक क्षेत्रमा पुर्‍याउने योगदानको ठुलो महत्त्व रहेको उहाँले बताउनु भयो ।
खेलकुदको विकाशका लागि कावासोती नगरपालिका बाट सबै वडाहरूमा सक्दो बजेट विनियोजन गरिएको बताउनुहुँदै नगर प्रमुख भुसालले विभिन्न प्रतियोगिताहरूले खेल र खेलाडीको प्रतिभा पहिचान गर्न मद्दत पुग्ने बताउनु भयो ।
कावासोती नगरपालिका वडा नम्बर ६ का पूर्व क्रिकेट खेलाडी स्व.गोपाल खरालको स्मृतिमा आयोजना गरिएको प्रथम गोपाल स्मृति नवलपुर वडा स्तरीय प्रतिभा कप २०८० टी-२० क्रिकेट प्रतियोगितामा २० वटा वडाहरूले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर महिला क्रिकेट समूह र चितवन महिला क्रिकेट समूह बिच मैत्रीपूर्ण खेल सञ्चालन गरिएको थियो ।
प्रतियोगिता प्रथम हुने टिमले नगद ५५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् त्यसैगरी द्धितिय हुने टिमले नगर २५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष सोवित रानाले बताउनु भयो । प्रतियोगिताको आयोजना प्रतिभा युवा क्लब कावासोती ६ विष्णुनगरले गरेको हो ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस