२०८१ चैत्र १, शनिबार

आगो ताप्ने क्रममा गैँडाकोटमा एक वृद्धा घाइते

  • बिष्णु गौडेल
  • २०८० माघ ३, बुधबार
आगो ताप्ने क्रममा गैँडाकोटमा एक वृद्धा घाइते

गैँडाकोट । आगो ताप्ने क्रममा गैँडाकोटमा एक वृद्धा घाइते हुनुभएको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर २ श्रीनगर टोल बस्ने ८० वर्षीया गंगादेबी पौडेल घाइते हुनुभएको हो ।

बिहान करिब ९ बजे आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्कन जाँदा उहाँ घाइते हुनुभएको हो ।

उहाँको बाँया हात खुट्टा र कोखमा गरी ३० प्रतिशत जलेको भरतपुर अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो ।

घाईते पौडेलको अहिले पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको उपचारमा आफन्त संलग्न रहेको जनाउँदै उहाँले घटनाको अनुसन्धान समेत भईरहेको बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस