७ : ५७ : ४५
२०८१ चैत्र २, आईतबार

नवलपुरमा ट्याक्टरबाट खसी २ जना घाइते

  • बिष्णु गौडेल
  • २०८० कार्तिक २६, आईतबार
नवलपुरमा ट्याक्टरबाट खसी २ जना घाइते

कावासोती । नवलपुरको गैंडाकोटमा ट्याकटरबाट खसेर २ जना गम्भीर घाइते भएका छन् ।

गैडाकोट नगरपालिका – १२ चौधरी चोक अगाडि भित्रि सडक खण्डमा ना ६ त ८२३० नम्बरको गुडीरहेको ट्याक्टरबाट खसेर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरीका अनुसार ट्याक्टरबाट खसेर गैडाकोट – १२ निवासी १८ बर्षीय टेकबहादुर सुनारी र १७ बर्षीय पुजन मगर घाइते भएका हुन् ।

उनीहरुको टाउको, हातखुट्टामा चोट लागेको छ । उनीहरु दुवै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस