२०८१ फागुन ३०, शुक्रबार

विनयी त्रिवेणी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मणिसंगम मावि लाई

  • बिष्णु गौडेल
  • २०८० कार्तिक २३, बिहिबार
विनयी त्रिवेणी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मणिसंगम मावि लाई

विनयी त्रिवेणी ,२३ कात्तिक
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा मणिसंगम मावि विनयी त्रिवेणी २ प्रथम भएको छ । प्रतियोगितामा कुला १५ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित मणिसंगम मावि छैटौँ पटक गाउँ पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रथम भएको हो । त्यसैगरी भानुदय मावि विनयी त्रिवेणी ५ ले छ स्वर्ण , छ रजत र तीन कास्य पदक सहित द्वितीय भएको छ । भानुदय नमुना मावि विनयी त्रिवेणी १ ले तीन स्वर्ण ,तीन रजत र तीन कास्य पदक सहित तृतीय भएको छ । शिवपुर गढि मा वि विनयी त्रिवेणी ६ ले दुई स्वर्ण, तीन रजत र एक कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन गर्दै विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिका भित्र खेलकुदको प्रवर्धनका लागि पहल गरिएको बताउनु भयो । विद्यालय तह देखि नै खेलकुदको विकास गर्दै खेलकुदमा नमुना गाउँपालिका बनाउने योजना गरेको उहाँले बताउनु भयो ।
प्रत्येक वडाहरूमा खेल मैदान, खेल सामाग्री र खेलकुद प्रतियोगिताका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको अध्यक्ष गिरीले बताउनु भयो ।
स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष गिरीले बताउनु भयो । उहाँले भन्नु भयो, ’हामीले गाउँपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।’
एथलेटिक्स तर्फ एकसय मिटर,२ सय मिटर दौड, हाइजम्प, लङजम्प, सटफुट, त्रिपलजम्व लगायतका खेल समावेश गरिएका थिए । प्रतियोगिताका विजेताहरूलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।
१६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद स्थानीय तह छनौट प्रतियोगिता २०८० भानुदय मावि विनयी त्रिवेणी ५ चुकाहामा यही २१ गते देखि सुरु भएको थियो । प्रतियोगितामा गाउँपालिका भित्रका १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा जनप्रतिनिधीहरू, विद्यालयका शिक्षक, विद्यार्थी लगाएतको सहभागिता रहेको संगम गिरीले जानकारी दिनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस