२०८१ चैत्र ६, बुधबार

नवलपुरको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • बिष्णु गौडेल
  • २०८० आश्विन २८, आईतबार
नवलपुरको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चार्डपर्वलाई मध्यनजर गर्दै नवलपुरको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुसार गैँडाकोटको २ पुलको नजिक, देवचुली १३ दलदले चोक, कावासोतीको फलफुल चोक, बिनय त्रिबेणी गाउँपालीकाको ज्यामीरे र बिनय त्रिबेणी गाउँपालीका ७ नेपाल भारत सिमानाका व्यारेजपुलमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । पूर्व पश्चिम राजमार्गमा सवारी आवतजावत गर्ने क्रममा हुन सक्ने दुर्घटना तथा अन्य अपराधिक रोकथाम तथा यात्रुको गुनासालाई छिटो छरितो समाधान गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको नवलपुर जिल्लाका प्रहरी नायव उपरिक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस