२०८१ चैत्र १, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै

  • बिष्णु गौडेल
  • २०८० आश्विन ४, बिहिबार
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ ।

बैठक दिउँसो १ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जानकारी दिएको छ ।

बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ ।

यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।केन्द्रीय कार्यसमितिको बैठकअघि बिहान पदाधिकारीको बैठक बस्दैछ । एजेन्डाबारे थप छलफलका लागि पदाधिकारी बैठक बसेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस