कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले न्यूनतम महशुलमा २० रुपैयाँ घटाएको छ ।
निजी धाराका लागि प्रति महिना १० हजार लिटर पानी प्रयोग गर्दा लाग्ने १ सय २० रुपैयाँ शुल्कमा २० रुपैयाँ घटाएर १ सय रुपैयाँ र सामुदायिक धारामा लाग्ने न्यूनतम शुल्क २ सय २० रुपैयाँमा २० रुपैयाँ घटाएर २ सय रुपैयाँ कायम गरिएको कावासोती खानेपानीका अध्यक्ष दीपक लम्सालले बताए ।