कावासोती,२६ भदौ,
आफू नेताको आँसु पुछ्न नभएर जनताको आँसु पुछ्न आएको गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी बताउनु भएको छ । मंगलबार नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारणसभाको उद्घाट गर्नु हुदै उहाँले सो कुरा बताउनु भएको हो ।
मन्त्री अर्यालले राजनिति क्षेत्रमा आफ्ना नजिकका मान्छेलाई ढाढस दिएर जनताका दुख र गुनासालाई पाखा लगाउने काम भइरहेको भन्दै आफू नेताको आँसु पुछ्न नभई जनताको दुखसुखको मलम पट्टी लगाएर आँसु पुछ्न आएको बताउनुभयो ।
गण्डकी प्रदेशको जलश्रोत तथा उर्जा मन्त्रलाय सम्हाल्दै गर्दा उहाँले अब यस प्रदेशका ११ वटै जिललाका कुनै पनि जनता अन्धकार र खानेपानीको अभावमा बस्न नपर्ने समेत बताउनु भएको छ । नेपाल एउटा घर र जनता आफ्ना परिवार भएको बताउदै उहाँले घर बनाउने की भत्काउने भन्ने कुरा नेतृत्वकर्तामा भर पर्ने बताउनु भयो । त्यस कारणले गर्दापनि अबका दिनमा विभिन्न राजनितिक दलका नेताहरुले आफूलाई फाइदा हुनेगरी होइन जनताको जनभावना अनुरुप काम गर्दै जिल्ला , प्रदेश गर्दै देशलाई समृद्धिको बाटोमा लैजानु पर्नेमा उहाँको जोड छ ।